आइतबार सुन-चाँदीको भाउ कति ?

0 Shares

काठमाडौँ । आइतबार छापावाला सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको छापावाला सुनको भाउ आज पनि सोही भाउमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार