इतिहासमा बर्बर आक्रमण कहिले भएन- सीओओ पौडेल

0 Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केट प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले राजावादी आन्दोलनको घटना बर्बर र अमानवीय भएको प्रतिक्रिया दिएका छन् ।

विं.सं. २०४६ सालको जनआन्दोलन यताका आन्दोलनको साक्षी आफू पनि भएको भन्दै चैत १५ गते भएको आक्रमण इतिहासकै बिर्सनलायक घटना भएको बताए ।

बुधबार भाटभटेनी सुपरमार्केट कोटेश्वरमा आयोजित कार्यक्रममा सीओओ पौडेलले राजावादीको नाममा भएको भाटभटेनीमाथि तोडफोड, आगजनी र लुटपाटले आफूलाई दुखित बनाएको बताए ।

उनले गत १५ चैत २०८१ मा राजावादीको नाममा भएको तोडफोड, आगजनी र लुटपाटमा संग्लनलाई कानुनी कारबाहीको माग गरे ।

बुधबार तोडफोड, आगजानी र लुटपाट रोक्न बहादुरीपूर्वक काम गर्ने सुरक्षागार्ड तथा कर्मचारीलाई सम्मान गर्न भाटभटेनी सुपरमार्केटले कार्यक्रम गरेको थियो ।

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट जोगाउन ‘बहादुरी’ प्रदर्शन गरेका सुरक्षागार्ड दुलप्रसाद पराजुलीसहित कर्मचारीलाई सम्मान गरियो ।

राजावादीका नाममा आएका लुटेराहरुको समूहले कोटेश्वरको भाटभटेनीमा तोडफोड, आगजनी र लुटपाट मच्चाएका थिए ।

सम्बन्धित समाचार