भाटभटेनीबाट सम्मानित गार्डले भने- २२ वर्ष जागिर खाएर सन्तान पढाएँ, घर-गाडी जोडेँ

0 Shares

काठमाडौं । गत चैत १५ गते राजावादी आन्दोलन हुँदा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भयो । घटनामा ८० लाखभन्दा बढीको क्षति भएको भाटभटेनीले जनाएको छ ।

लुटपाट हुँदा भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले प्रतिकार गरे । उनले लुटेरालाई पिट्दै लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो ।

उनले आफ्नो भूमिकालाई न्याय दिएसँगै भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गरेका छ ।

सम्मानपछि पराजुलीलाई केही बोल्न अनुमति दिइयो । यस क्रममा उनले २२ वर्षदेखि भाटभटेनीमा जागिर खाएर घर गाडी जोडेको सुनाउँदा कार्यक्रमका सहभागीले ताली बजाए ।

उनको भनाइ

मैले जागिर खाएको २०५८ सालदेखि हो । यही जागिर खाएर जग्गा किनेँ । घर बनाएँ । त्यसपछि छोरा पढाएँ । छोराको बिहे गरेँ । गाडी किनेँ ।

त्यो दिन आतंककारी आए । ढुंगामुढा गर्न थाले । ज्यान त जोगाउनु पर्‍यो भनेर साइड लागेर बस्यौँ । हामी साइडमा बस्दाखेरि उनीहरू सबै पसेर लुट्न थाले ।

फलफूल, बियरका बोतल, वाइन, राइसकुकर फ्रिज सबै लिएर गए । लौ भएन भनेर हामी सबै जना टिम मिलेर यता आयौँ ।

अरू भित्रबाट लखट्ने, म चाहिँ बाहिर बसेर ड्याङ् कि ड्याङ हान्ने । बाहिर म एक्लै भए पनि डर लागेन ।

धन्यवाद ।

सम्बन्धित समाचार