दुर्गा प्रसाईंका अर्का सहयोगी पक्राउ

0 Shares

काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी देवी संग्रौला पक्राउ गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भैंसेपाटीबाट पक्राउ गरेको हो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधि गर्नेहरू पक्राउ पर्ने क्रम जारी छ ।

सो क्रममा संग्रौलालाई प्रहरीले पक्राउ गरेको हो । यही प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित समाचार