सञ्चालनमा आयो कोटेश्वरको भाटभटेनी

0 Shares

काठमाडौं । शुक्रबार राजावादी समर्थकले गरेको प्रर्दशनीपछि लुटपाट भएको कोटेश्वरको भाटभटेनी सुपरमार्केटले सेवा पुन: सञ्चालन गरेको छ।

सुपरमार्केटका सिइओ पानु पौडेलका अनुसार रातभरि सरसफाइ गरेर शनिबार बिहानदेखि पुन: सञ्चालनमा ल्याएको बताए।

प्रदर्शनकारीको समूहले भाटभटेनीमा प्रवेश गरेर सामग्री लुटपाट गरेको उनले बताए। मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट भएको छ।

‘भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुगेको छ, त्यसको मूल्यांकन गरेर केही दिनमै पुनःनिर्माण गर्छौं,’ उनले भने।

उनले लुटपाट गर्ने र क्षति पुर्‍याउनेहरुलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार