सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, अब एक तोला किन्न कति चाहिन्छ रकम ?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत चैत ६ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रूपैयाँ बढी हो। यस्तै बिहीबार भने प्रतितोला एक लाख ७४ हजार आठ सय रूपैयाँमा सुनको कारोबार भएको थियो।

बिहीबारको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार २० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार