एक सय रूपैयाँ खोसेको निहुँमा हत्या गर्ने पुरूष पक्राउ

0 Shares

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा गत १० गते एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ कोपिलासगढी गाउँपालिका २ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको हत्या अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका ६ घर भई सोही स्थान बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

साँझ सुत्न जाने बेलामा बुढामगरको साथमा रहेको १०० रूपैयाँ राईले खोसर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुईमा लडाएर ढुङ्गाले हानेर हत्या गरेको बयानको क्रममा खुलेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

घटनामा संलग्न रहेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार