रेकर्ड विन्दुमा पुगेको सुनको मूल्य घट्यो

0 Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यसमेत घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

सम्बन्धित समाचार