काठमाडौं । नेपाली बजारमा एउटा पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो र भरपर्दो व्यवसायिक समुहको रुपमा स्थापित भएको एक अब्बल व्यापारिक कम्पनी हो ।
यस कम्पनीले आफुले वितरण गरिने सेवा तथा वस्तुहरुमा नविनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी ग्राहकहरुलाई सेवा गर्दै आएकोमा यस ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्लीको परिसरमा आयोजित एक कार्यक्रम बिच यस ग्रुप कै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.ले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखि बिक्री वितरण गदै आईरहेकोमा हाल सालै VOLVO Construction Equipment अन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने उद्देश्य सहितआफ्नो प्रख्यात VOLVO EC220 एक्स्काभेटर नेपाली बजारमा लन्च गरेको छ ।
आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको छ । यस कम्पनी एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.अन्र्तगत बिक्री वितरण हुुने VOLVO EC220 मेसिन शक्तिशाली इन्जिन क्षमताको हुने हुदाँ जटिल निर्माण कार्यक्षेत्र जस्तै खानी, हाइड्रो सेक्टर, सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ ।
बजारमा उपलब्ध गराईएको यस इन्जिनले ईन्धनको बचत गर्दै वातावरण मैत्री साधनको रुपमा उच्च प्रदर्शन दिने गरी EUROStageIIIA मापदण्ड अनुसारको रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबीसमेत कम्पनीले गरेको छ ।
यस मोडल बजारमा पाईने अन्य सोहीप्रकृतीको मेसिनहरु भन्दा १०% बढी उत्खनन क्षमता सहितको तीव्र हाइड्रोलिक जडित मेसिन हो ।
यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ ।
यस मेसिनको मुख्य केही विशेषताहरुमा सन्चालन खर्च घटाई मर्मत खर्च समेत कम लाग्ने तथा लामो समयसम्म भरपर्दो सेवा दिने हुनाले यस मेसिनमा ग्राहकहरुको आकर्षण रहने कम्पनी विश्वास रहेको छ ।
नेपालमा निर्माण क्षेत्र, हाइड्रो सेक्टर र खानी क्षेत्रमा हुने गतिविधी तथा क्रियाकलापहरु निरन्तर वृद्धि भइरहेको सन्दर्भमा VOLVO EC220 एक भरपर्दो र उपयुक्त विकल्पको रूपमा आएको छ ।
साथै नेपाल भौगोलिक बनावाटले गर्दा उच्च उचाइमा हुने विकटता कठिनाईका कारणले निर्माण कार्य बढी कष्टकर भईरहेकोमा यस मेसिनको प्रयोगले प्रभावकारीता बृद्धी गराई भरपर्दो कार्यसम्पादन दिन सक्षम भएको जनाईएको छ ।
यस मेसिनमा प्रयोग भएको नवीन प्रविधि, उच्च शक्ती जडित क्षमतको ईन्जिन र अन्य विशेषताहरुले नेपाली ग्राहकलाई उच्च उत्पादकत्व सहित न्यून सञ्चालन खर्चकम गराउने हुनाले यसको ब्रिक्री वितरणले सरोकार कर्ताहरुलाई फाइदा पु¥याउने विश्वास कम्पनीले लिएको छ ।
VOLVO CE का अधिकृत वितरक तथा बिक्रेता मार्फत EC220 मेसिनको खरिद, सेवा तथा स्पेयर पाट्र्स उपलब्ध छन् । विशेष अफर तथावित्तीय योजनाहरूका लागि आजै सम्पर्क गर्नुहोस् ।