श्रीमानको हत्या आरोपमा कान्छी श्रीमतीसहित पाँच जना पक्राउ

0 Shares

काठमाडौं । धनकुटाको छत्तर जोरपाटी गाउँपालिका २ फलैचास्थित गुरुङ टोलमा एक युवकको मृत्यु भएको छ । ३८ वर्षीय खेम बहादुर दर्लामी मगरको शव घरनजिकै देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले खबर गरेलगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार मृतकको शरीरमा विभिन्न भागमा चोट र नीलडाम देखिएको छ ।

प्रहरीले अनुसन्धानका श्रीमतीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रारम्भिक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा लगिएको हो ।

पक्राउ पर्नेमा मृतककी कान्छी श्रीमती ४४ जितमाया लिम्बु, १६ वर्षका एक बालक, १९ वर्षीय इन्द्र बहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर र ३१ वर्षीय दाछिरी शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका पाँचै जनासँग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार