0
Shares
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको हो ।
योसँगै आज बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ । आइतबार तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर भएको छ । आज पनि आइतबारकै मूल्यअनुसार तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको छ ।