काठमाडौं । धनुषाको हंसपुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा यहाँ आयोजित जागरण तथा खबरदारीसभामा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्नुभएको हो।
पार्टी प्रवेश गर्नेहरुमा काग्रेस क्षेत्रीय प्रतिनिधि निरस राइन, एमालेका राकेश सहनी, जसपाका वडा अध्यक्षका प्रत्यासी रामु मुखिया सहित नेता कार्यकर्ता रहेका छन् । अघिल्लो स्थानीय निर्वाचनमा यो पालिकाको मेयरमा दोस्रो बनेकोमा आगामी निर्वाचन जित्ने गरी पार्टीप्रति आकर्षण बढिरहेको माओवादी केन्द्र हंसपुरका नेताहरुले बताएका छन ।
अघिल्लो स्थानीय निर्वाचनमा हारेको जनकपुरधामको वडामा यसपटकको उपनिर्वाचन जितेपछि माओवादी केन्द्र धनुषामा उत्साहित देखिएको छ।