काठमाडौं । नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ ।
ग्राहकले यस क्याम्पेनअन्तर्गत ६० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबरको भाैचर प्राप्त गर्न सक्ने छन् । फागुन १९ देखि फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
क्याम्पेन अवधिभर दराजका ग्राहकले फ्ल्याश सेलमार्फत दैनिक रूपमा आकर्षक छुटहरूको लाभलिन सक्ने छन् । यसअन्तर्गत ग्राहकहरूले सिताफिल, अइविबी, डा. केयरलगायतका विभिन्न ब्रान्डमा ६० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।
सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफर हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ । तसर्थ, ग्राहकलाई दराज एपको ‘फ्ल्याश सेल’ सेक्सन नियमित रूपमा जाँच गर्न कम्पनीले अनुरोध गरेको छ ।
त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी बीपीजी कार्यक्रमअन्तर्गत ग्राहकले थप आकर्षक अफरको अनुभव प्राप्त गर्न सक्ने छन् । यस कार्यक्रमअन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् ।
दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जानकारी दिइएको छ । तर, यसका लागि दाबी योग्य मापदण्डअनुरूप हुनु पर्नेछ ।
३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा निःशुल्क डेलिभरी सुविधा रहेको छ । यसअन्तर्गत ग्राहकले कम्तीमा ४९९ मूल्यको खरिद गर्दा चुनिएका बिक्रेताबाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्ने छन् ।
निःशुल्क डेलिभरीका भाैचर प्राप्त गर्न दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सक्नु हुनेछ ।
३.३ क्याम्पेन केवल छुट र बचतका लागि मात्र नभई उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिँदै आइरहेको कम्पनीको भनाइ छ ।
क्याम्पेनअन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनमा अविश्वसनीय अफर उपलब्ध रहने जानकारी दिइएको छ ।
दराज नेपालद्वारा आयोजना हुन लागेको ३.३ क्याम्पेनबारे थप जानकारीका लागि www.daraz.com.np दराज नेपालको फेसबुक पेज वा दराज एप ब्राउज गर्न सकिन्छ ।