आज मिति २०८१ फागुन ७ गते बुधबार । सन् २०२५ फेब्रुअरी १९ तारिख । नेपाल सम्बत ११४५ सिल्लागा षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, फागुण कृष्ण सप्तमी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने दिन छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । सफलताका लागि महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । विशेष कार्यमा दोधारको अवस्था सिर्जना हुनसक्छ । कमी–कमजोरी सुधार गरेर अघि बढ्न अवसर मिल्ला । स्वास्थ्य केही कमजोर रहनसक्छ, ध्यान राख्नुहोला । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
बृष
आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्नसक्ने योग रहेकोले बोली र व्यवहारमा नियन्त्रणमा राख्नु हितकर होला । नयाँ कामको प्रस्ताव आउनसक्छ, सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ, तर भौतिक साधनको खराबीले लक्ष्य प्राप्त गर्न अवरोध पुग्ने देखिन्छ । बौद्धिक र रचनात्मक काममा भने आंशिक सफलता मिल्नेछ ।
मिथुन
व्यस्तता वृद्धि भए पनि समय शुभदायी छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । अभिप्रेरित गर्नेहरू भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट
रचनात्मक काम सुरु गर्ने समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । अध्ययन तथा अध्यापन कार्य प्रगतिउन्मुख हुनेछ । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह
बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन हुनसक्ने दिन छ । तर, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउनसक्छ, सजग रहनुहोला । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । केही झमेला आइलाग्ने योग रहेकोले व्यवहारमा संयमपनको खाँचो छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या
जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ, तर सहयोगीहरूले हात झिक्नाले केही समस्या पनि आइर्न सक्छ, सावधान रही नियमित कार्यमा लाग्नुहोला । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुने देखिन्छ । कमी कमजोरीलाई सुधार्ने मौका मिल्नेछ । आरोग्यता रहने छ ।
तुला
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । विशिष्टजनको आशीर्वादले रोकिएको काम बन्नसक्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
बृश्चिक
दिन मिश्रित फलदायी रहेको छ । परिवारमा असमझदारी बढ्न सक्छ, तर विवेकपूर्ण व्यवहारले समस्या समाधान गर्न सफलता मिल्नेछ । मातृधनको उपयोगबाट केही लाभ उठाउन सकिनेछ । स्वास्थ्य सबल रहनाले उत्साह र उमङ्ग प्राप्त होला । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित हुने योग छ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु
अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ मिल्ने देखिन्छ, तर ठगीमा पर्न सकिने योग रहेकोले आजको दिन आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनु हितकर होला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कर्मबल बढ्ने छ ।
मकर
भाग्यबल बढ्नेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ भने आर्थिक पक्ष सुदृढ रहनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने देखिन्छ ।
कुम्भ
ब्यस्तता बढे पनि आजको दिन सुखद् एवम् मनोरञ्जनपूर्ण ढंगले बित्ने देखिन्छ । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । पारिवारिक सुख मिल्नुका साथै बौद्धिक क्षेत्रमा पनि प्रगति हुनेछ । सहयोगीहरूले विशेष साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ला । टाढिएका आफन्तहरू नजिकिनेछन् । मिठो भोजन प्राप्त हुनेछ ।
मीन
आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने सम्भवना छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्ने र अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । स्वास्थ्य सबल रहला ।