सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च घटेको छ। यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ। गत शुक्रबार प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार