0
Shares
काठमाडौं । नेपालबाट बेलायतको लण्डन लैजान लागेको १५ किलो चरेश बरामद भएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त चरेस बरामद गरेको हो ।
विमानस्थल भन्सार कार्यालयको एक्स-रे मेसिनबाट प्रहरीले कार्गो जाँच गर्ने क्रममा कतार एअरबाट दोहा हुँदै लण्डन लैजान लागिएको चरेश बरामद भएको प्रहरीले जनाएको हो ।
एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाएर ल्याइएको अवस्थामा उक्त परिमाणको चरेश मंगलबार बरामद गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए ।
उनका अनुसार बरामद गरिएको उक्त चरेश थप अनुसन्धानका लागि नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।