एमाले सांसदलाई मुद्दा नचल्ने भएपछि बालेनले भने समय आउने छ

0 Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी गरेसँगै समय आउने भन्दै आफ्नो धारणा राखेका छन्।

घरमा बालश्रमिक राखेर श्रम शोषण गरेकी प्रदेश सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल तयार गरी उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ।

६ वर्षदेखि सांसद शर्माको घरमा काम गर्दै आएकी एक नाबालिकाले आफूमाथि कुटपिट गरेको बताउँदै उद्धान गर्न आग्रह गरेकी थिइन्। त्यसपछि काठमाडौं महानगरले बालिकाको उद्धार गरी संरक्षण गरेका थियो।

सोही घटनाबारे मेयर साहले आज आफ्नो प्रतिक्रिया दिएका हुन्। ‘सरी नानु, तिम्रा पीडकविरूद्ध मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउने छ,’ उनले भने ।

यस्तै, उनले विभेद, अपराध मास्न, कुकर्म गर्नेलाई तह लगाउन पढेर समाज बुझ्नु पर्ने बताएका थिए।

सम्बन्धित समाचार