उपप्रधानमन्त्री सिंहबाट आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण

0 Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण गरेका छन् । मन्त्रालयमा आगजनी भएको खबर पाएपछि उनी सिंहदरबार पुगेका हुन् । उपप्रधानमन्त्री सिंहले आगजनी भएको खानेपानी मन्त्रालयको निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान आगलागी भएको हो । खानेपानी मन्त्री प्रदीप यादवको सचिवालयले विद्युत सर्ट हुँदा आगलागी भएको आशङ्का गरेको छ ।

‘विद्युत सर्ट भएर आगो लागेको भन्ने छ,’ उनका प्रेस संयोजक विमल बिष्टले भने । उनले आगलागीबाट कार्पेट र कम्प्युटर जलेपनि मन्त्रालयका अत्यावश्यक कागजातमा केही क्षति नभएको जानकारी दिए ।

सम्बन्धित समाचार