0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएका अध्यादेश अस्वीकृत गर्न संसदमा प्रस्ताव दर्ता गर्ने भएको छ। रास्वपाको कार्यालय चःमतिमा बसेको संसदीय दलको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो।
संविधानअनुसार सरकारले ल्याएको अध्यादेश संसदको अधिवेशनको पहिलो बैठकमा पेश गर्नुपर्छ। तर यसरी संसदमा दर्ता हुँदा कुनैपनि प्रस्ताव अस्वीकृत गर्न दलहरुले प्रस्ताव राख्न सक्छन्। रास्वपा दलका प्रमुख सचेतक सन्तोष परियारले अध्यादेश अस्वीकार गरियोस् भनेर दलले प्रस्ताव दर्ता गर्ने जानकारी दिए।
‘अध्यादेश अस्वीकार गरियोस् भनेर प्रस्ताव गर्ने निर्णय गरेका छौं,’ परियारले भने, ‘हामी अध्यादेशको प्रक्रिया र विषयवस्तुमा नै विरोध गर्छौँ।’ प्रतिनिधि सभाको बैठक माघ १८ गते शुक्रबार बस्दैछ।