0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम जाने भएका छन् । उनी आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।
प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन हुने छन् । प्रचण्डले आज लालीगुराँस नगरपालिका ७ लसुनेस्थित शहीद धनरुपा पार्कको उदघाटन गर्ने छन् ।
त्यसपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराई जाने छन् । प्रचण्डले आठराई गाउँपालिका ३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।