हुलाक सेवा लोकतान्त्रीक र आधुनिक बनाउन लागेकोछु : मन्त्री गुरुङ

0 Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई लोकतन्त्रीक र आधुनिक बनाउन मन्त्रालय सक्रिय रहेको बताएका छन् ।

पञ्चायतकाल देखिको नीति टेकेर सञ्चालन हुँदै आएको हुलाकको नीति परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले यो वर्ष भित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकुल बनाउने कार्यमा आफु गम्भीरताका साथ लागेको सुनाए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज हुलाक विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुक रुपान्तरण सँगै नीति र विधी फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा राखेका छन् । उनले नेपालमा विभिन्न समयमा भएका शान्तिपुर्ण क्रान्तिले राजनीतिक विकास भएको बताउदैँ संरचनागत क्रान्तीमा सुधार ल्याउन तिर हाल सम्म कसैको ध्यान नगएको गुनासो गरे । उनका अनुसार हुलाक सेवा निकै पुरानो र महत्वपुर्ण सेवा भएको र यसलाई आधुनिकरण गर्न प्रविधि मैत्री बनाउन जरुरी रहेको सुनाए । “अब हुलाकको नीति परिवर्तन हुन्छ,” मन्त्री गुरुङले भने,“साथै हुलाकलाई प्रविधि मैत्री बनाउने विषयमा हाम्रो मन्त्रालय सधै संवेदनशील छ ।”

कार्यक्रममा मन्त्री गुरुङले हुलाक सेवा विभागलाई निर्देशन दिदै डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट सुधारको कार्य थालनी गर्नु पर्ने बताए । त्यस्तै, कार्यक्रममा स्थानीय तहका सबै हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । यी सबैमाझ मन्त्री गुरुङले हुलाक जनसेवा मुखी बनाउन आग्रह समेत गरे । “हुलाक सेवाको प्रभावकारीता सूरुवात केन्द्रबाट गोश्वारा हुलाक कार्यलयबाट सुरु गर्नुहोस्, अरु स्थानीय तहका हुलाक कर्मचारीले आ–आफ्नो क्षेत्रमा सेवा प्रभावीत बनाउनुहोस्”, मन्त्री गुरुङले भने, “मन्त्रालयबाट नेतृत्व लिएर तपाईहरुको काममा साथ दिन हरदम तयार छु ।”

कार्यक्रममा मन्त्री गुरुङ, निमिक्त सचिव९सहसचिव० गजेन्द्रकुमार ठाकुरका अनुसार हुलाक सेवाले सीमित श्रोत र साधन प्रयोग गरेर अधिकतम उदेश्य पुरा गर्न गर्दै आएको बताए । साथै मन्त्री गुरुङको स्प्रीड अनुकुल हुलाक सेवालाई आधुनिकिरण गर्न मन्त्रालयमा गृहकार्य भइरहेको बताए ।

हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था सुनाउदै स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती र कार्य योजना मन्त्री समक्ष जानकारी दिए ।

सम्बन्धित समाचार