काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो गत वर्षको यसैअवधिको भन्दा ०.२४ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ८० करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज २३ करोड ८५ लाखबाट घटेर २० करोड ४७ लाख रुपैयाँमा झरेको छ । जसकारण नाफामा सुधार आएको हो ।
यता, खुद ब्याज आम्दानी पनि बढेको छ । उक्त आम्दानी २ अर्ब ६३ करोडबाट बढेर २ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब १० करोड रुपैयाँ जम्मा रहेको छ ।
बैंकको वितरणयोग्य नाफा १६ करोड ६२ लाख रुपैयाँ देखिएको छ । प्रतिसेयर आम्दानी १३.८९ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.२० रुपैयाँ रहेको छ । एनपीएल (नेट) १.९७ प्रतिशतमा पुगेको छ ।