निरन्तर बढ्दै सुनको मूल्य, तोलामा कति ?

0 Shares

काठमाडौँ । पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।

नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिदबिक्री भैरहेको छ ।

सम्बन्धित समाचार