काठमाडौँ । विगत वर्षदेखि एप्पलको एउटा विशेष स्मार्टफोन चर्चामा रहेको छ । लञ्च नहुँदै लोकप्रिय भएको फोन यसै वर्ष सार्वजनिक हुने सम्भावना निकै बलियो छ । यो फोन हो आईफोन १७ एयर ।
यस फोनलाई कम्पनीकै सबैभन्दा पातलो फोन हुने दाबी गरिएको छ।यद्यपी, एप्पलले यो फोन लन्च हुने वा नआउनेबारे आधिकारिक जानकारी भने दिएको छैन ।
यो स्मार्टफोनको बजारमा निकै चर्चा भइरहेको छ । अन्तरराष्ट्रिय संचारमाध्यमहरूका अनुसार कम्पनीले यो फोन २०२५ को सेप्टेम्बरमा सार्वजनिक गर्न सक्छ। यो ह्यान्डसेटले आईफोनको प्लस भेरियन्टहरूलाई प्रतिस्थापन गर्ने पनि संचारमाध्यमले उल्लेख गरेका छन्।
के हो फोनको विशेषता ?
दक्षिण कोरियाली प्रकाशक सिसा जर्नलका अनुसार एप्पलको यो फोन एकदमै स्लिम हुनेछ । आईफोन १७ एयरको मोटाई ६।२५एमएम मात्र हुन सक्छ। एप्पलको सबैभन्दा चर्चित फोन आईफोन ६ थियो । यस फोनको मोटाई ६.९ एमएम थियो। यो फोन विद्यमान आईफोन १६ र आइफोन १६ प्लसभन्दा २० प्रतिशत पातलो हुनेछ । यसमा ६।६ इन्चको डिस्प्ले दिइएको छ ।
यस बाहेक, यो स्मार्टफोनले आईफोन १७ प्लसलाई प्रतिस्थापन गर्ने विश्वास गरिएको छ। यसको अर्थ कम्पनीले आईफोन १७ प्लस सार्वजनिक नगर्ने भएको छ । तर आईफोन १७ एयर लन्च गर्नेछ। अमेरिकी बजारमा यसको मूल्य ८९९ डलर तोकिन सक्छ ।
यद्यपि, अन्य बजारमा यो डिभाइसको मूल्य बढी हुनेछ। बेलायतमा जस्तै कम्पनीले यो फोन ८९९ पाउण्डमा लन्च गर्नेछ। नेपालमा भने यो फोनको मूल्यका विषयमा कुनै जानकारी दिइएको छैन।
शक्तिशाली प्रोसेसरको पनि पाइने
यसका साथै, ब्राण्डले एउटा मात्र क्यामरा दिनेछ। ब्राण्डले आईफोन १७ एयरमा आफ्नो इन(हाउस मोडेम प्रयोग गर्न सक्छ। यो स्मार्टफोन ए१९ प्रोसेसरको साथ लन्च हुनेछ र यसमा डायनामिक आइल्याण्ड जस्ता फिचर हुनेछ। यसमा ८ जीबी (याम दिइएको छ र यसले एप्पल इन्टेलिजेन्सलाई सपोर्ट गर्नेछ ।
यद्यपी, पातलो आईफोनमा तपाईंले धेरै सुविधाहरूमा सम्झौता गर्नुपर्ने हुन सक्छ। यस्ता फोनको ब्याट्री सानो हुन्छ र चार्जिङको गति पनि कम हुन्छ। कम्पनीले यसमा केवल एक मात्र रियर क्यामरा दिने खबरहरू पहिलेदेखि नै बाहिरिएका छन्। आईफोन १७ एयरको मूल्य प्रो भेरियन्ट भन्दा कम हुने लीक भएको मूल्यबाट स्पष्ट भएको छ। -एजेन्सी