0
Shares
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । यस दिन सुन आईतबार कायम भएको मूल्यमा नै खरिदबिक्री हुने भएको हो । सुनको मूल्य पछिल्लो दुई दिनदेखि घट्बढ् भएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त मूल्य आईतबारको बजारमा कायम मूल्य हो ।
आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।