सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

गत साताको अन्तिम कारोबार दिन प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो।

आइतबार चाँदी भने शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ। यस दिन चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार