काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दावी गरेका गरेका छन् ।
मंगलवार सिनामंगल, काठमाडौंस्थित प्राधिकरणको मुख्य कार्यालयमा आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सव समारोहमा प्रगति विवरण सुनाउँदै महानर्दिेशक अधिकारीले आर्थिक वर्ष २०८०.८१ मा प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको बताए । जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख छ भने ननएरोनटिकलतर्फ तीन अर्ब १९ करोड ४९ लाख रहेको विवरण प्रस्तुत गरे ।
त्यस्तै महानर्दिेशक अधिकारीले गत वर्ष पुँजीगततर्फ नेपाल सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको बताए । त्यस्तै कार्य सञ्चालन खर्चतर्फ चार अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च चार अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च एक अर्ब ३३ करोड एक लाख र आयकर खर्च एक अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे । प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा तीन अर्ब ३७ करोड ७८ लाख रहेको बताए ।
प्रगति विवरण प्रस्तुत गर्ने क्रममा महानिर्देशक अधिकारीले सन् २०२३ को नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कुल ४१ लाख ५४ हजार ३ सय ९३ रहेको बताए । त्यस्तै सन् २०२३ का नोभेम्बरसम्ममा ४४ लाख ४९ हजार १३३ रहेको र गत वर्षको तुलनामा यात्रुको संख्यामा ७।०९ प्रतिशतले वृद्धि भएको बताए ।
यसैगरि आन्तरिक उडानतर्फ २०२३ को नोभेम्बर सम्ममा कुल ७७ लाख हवाई यात्रुहरुले यात्रा गरेकोमा २०२४ को नोभेम्बरसम्म यो संख्या ८७ लाख ६० हजार ३ सय २ रहेको उनले सुनाए । गत वर्षको तुलनामा यात्रु संख्यामा आन्तरिकतर्फ १३ प्रतिशतले वृद्धि भएको महानर्दिेशक अधिकारीले बताए ।
नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इन्डियामा मर्ज भएपछि २८ मा झरेको पनि उक्त प्रगति विवरणमा उल्लेख गरिएको छ ।
नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको जनाइएको छ । जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको विवरणमा उल्लेख छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहेको निर्माण कार्यका लागि गत कात्तिक २३ देखि आगामी चैत १८ सम्म दैनिक १० घण्टा विमानस्थल बन्द रहने कारणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान कटौती हुन जाने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने गरि विन्टर तालिका प्रदान गरिएको, जसका कारण नेपाल एयरलाइन्स, कतार एयर, फ्लाई दुबई, जजिरा एयर, थाई एयर एसिया लगायतका वायु सेवा कम्पनीहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट उडान सुरु गरेको पनि अधिकारीले जानकारी दिए ।
हेलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमित हेलिकप्टर चार्टर तथा उद्धार ९निषेधित क्षेत्र बाहेक० करिब ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ तथा यात्रु चार्टर उडानमा १ हजार १२० उडान सञ्चालन भएको उनले बताए ।
२०८१ साल कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको क्षमता विस्तार गर्न १० घण्टा उडान बन्द हुने बहानामा टिकटमा भएको मूल्यवृद्धि रोक्न वायु सेवा कम्पनीको ट्राभल एजेन्सी मार्फत एकमुस्ट टिकट जारी गरिने टिबिए व्यवस्था खारेज गर्ने निर्णय गरिएको पनि महानर्दिेशक अधिकारीले जानकारी दिए ।