टाटा समूहले ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने, नयाँ ७ प्लान्ट निर्माण

0 Shares

काठमाडौँ । भारतको सबैभन्दा ठूलो औद्योगिक तथा व्यापारिक घराना टाटा समूहले आफ्ना विभिन्न परियोजना मार्फत ५ लाख जनालाई नयाँ रोजगारी उपलब्ध गराउने तयारी गरेको छ ।

टाटाले आगामी ५ बर्षमा ५ लाखभन्दा बढीलाई नयाँ रोजगारी उपलब्ध गराउने तयारी गरेको हो । टाटा समूहले हालै व्याट्री, सेमीकन्डक्टर, इलेक्ट्रिक सवारी साधन, सोलार इक्वीपमेन्टसहित विभिन्न प्रकारको क्रिटिकल हार्डवेयरजस्ता नौलो उत्पादन गर्न थालेको छ ।

टाटा समूहको चेयरम्यान चन्द्रशेखरनले यो योजना कार्यान्वयनमा ल्याउन लागेको घोषणा गरेका हुन् । नयाँ बर्षको पूर्व सन्ध्यामा औपचारिक रुपमा घोषणा गर्दै चन्द्रशेखरनले भने,‘हाम्रो समूह आगामी आधि दशकमा ५ लाख जनाको लागि निर्माणसम्बन्धी रोजगारीको अवसर सिर्जना गर्ने योजना तयार पारेको छ ।’

चन्द्रशेखरनका अनुसार यस्ता निर्माणमुखि रोजगारी बाहेक टाटा समूहले आफ्नो रिटेल तथा प्रविधि सेवा ९टेक सर्भिस०, एयरलाइन्स र होस्पिटालिटी उद्योगसहित अन्य क्षेत्रमार्फत पनि रोजगारीको अवसर सिर्जना हुनेछ । यसका साथै आर्टिफिसियली इन्टेलिजेन्स क्षेत्रबाट पनि ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना गरिनेछ ।

टाटा समूहले गुजरातको धोलेरामा भारतको पहिलो सेमिकन्डक्टर प्लान्ट र आसाममा नयाँ सेमीकन्डक्टर ओसाट प्लान्टसहित ७ वटा निर्माणसम्बन्धी कारखानाको निर्माण कार्य सुरु गरेको छ ।

भारतकै कर्नाटकको नरसापुरामा इलेक्ट्रोनिक्स असेम्वल कारखाना, कर्नाटकको बेंगलुरुमा नयाँ एआरओ कारखाना पनि निर्माण हुन थालेको छ । यसका साथै गुजगारको सानन्द र बेलायतको समरसेटमा व्याट्रीको नयाँ कारखाना निर्माण गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

टाटा समूहले हालै गुजरातको बडोदरामा सीटुनाइनफाइभ भन्ने नामको असेम्वल कम्पनीको उदघाट्न समेत गरिसकेको छ । यस्तै तमिलनाडुको तिरुनेलवेलीमा सोलार मोडयुलको उत्पादन पनि सुरु गरि सकेको छ ।

सम्बन्धित समाचार