सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुनको बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन सुनको मूल्य ६०० रुपैयाँ बढको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी बुधबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार