अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

0 Shares

काठमाडौँ । दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

गढवा गाउँपालिका ५ कक्रहवास्थित गढवा कोइलाबास सडक खण्डमा भैसहवादेखि जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको हो । घटनामा राजपुर गाउँपालिका ३ भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर ४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

अटो चालक राजपुर गाउँपालिका ३ भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार