आज पुस १० गते तपाईको दिन कस्तो, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८१ पुस १० गते बुधबार । सन् २०२४ डिसेम्बर २५ तारिख । नेपाल सम्बत ११४५ थिंलागा दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । विशेष सभा(समारोहमा भाग लिने अवसर प्राप्त होला । तार्किक क्षमता बढ्नेछ भने बोलीको प्रभाव पनि रहनेछ । तथापि, विशेष प्रयत्नका बाबजुद अवसरको पूरा लाभ उठाउन मस्किल पर्ने योग छ । प्रेमभाव बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको दिन छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन्, तर रुचिका विषयमा लगानी बढाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला । मिष्ठान्न भोजनको योग छ । ब्यस्तता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । आजको दिन स्वास्थ्यमा केही कमजोरीको अनुभूति हुन सक्छ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ, सचेत रहनुहोला । तथापि, परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । दाम्पत्यसुख बढ्ला । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ला । नियमित काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउला । यात्राको योग छ । कर्मबल वृद्धिसँगै साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह

आजको दिन केही चुनौतीयुक्त रहला । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, सावधान रहनु हितकर होला । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने योग छ । आरोग्यता रहला ।

कन्या

आँटेका काम तत्काल सम्पादन हुनसक्ने समय छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । व्यापारमा राम्रै फाइदा हुनेछ भने विभिन्न सहयोग र उपहार पाइने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान पाइएला । व्यस्तताका साथै खर्च केही बढ्ने देखिन्छ ।

तुला

मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनसक्ने दिन छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । तथापि, आज अनावश्यक भ्रमण हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा केही खर्च हुने योग छ ।

बृश्चिक

सहयोगको आशा देखाउनेहरूले आज धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिकार्यमा कामको चाप बढ्नेछ । शुभता बढेर रोकिएको काम बन्ने योग छ । बौद्धिक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु

विगतका समस्या बल्झिन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छ । यसका बाबजुद रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । तर, आजको दिन मेहनतअनुसार फाइदा कमै होला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । चिताएको काम समयमा सम्पादन हुन सक्ने सम्भावना कमै देखिन्छ । स्वास्थ्य केही कमजोर भएको अनुभूति हुनसक्छ ।

कुम्भ

रमाइलो यात्रा गर्ने अवसर जुट्ने समय छ । कामको चापबाट पनि फुर्सद पाइएला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउने छन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । भ्रमणको योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

मीन

उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नु पर्नेछ । आजको दिन अरूका काममा समय बित्न सक्छ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्न सक्छ । तथापि, ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

सम्बन्धित समाचार