आज यी प्रदेशमा वर्षाको सम्भावना, हिमाली भेगमा हिमपातको सम्भावना

0 Shares

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने भएको छ । उक्त प्रणाली सक्रिय भएपछि वर्षा सुरु हुनेछ ।

यो वर्षमा दिउँदको दोस्रो वर्षा आज रातिबाट सुरु हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । कर्णाली प्रदेशका पहाडी क्षेत्रमा राति साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहेको छ । बाँकी भागमा मौसम सफा छ ।

तराईलगायत पहाडी भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशको उच्च पहाडी र हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

सम्बन्धित समाचार