मङ्सिरमा घरजग्गाको कारोबारमा सुधार, चार अर्ब राजश्व सङ्कलन

0 Shares

काठमाडौँ । अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कलन हुने राजश्वमा वृद्धि भएको छ ।

गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ बराबर सङ्कलन भएको हो ।

मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार ५१४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख दुई हजार ८७३ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ ।

काठमाडौँ उपत्यकामा नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलङ्कीले २६ करोड ५७ लाख २५ हजार ४२५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार ८१५ रुपैयाँ, साँखुले ७ करोड ५० लाख २२ हजार ६२९ रुपैयाँ, मनमैजुले ७ करोड २६ लाख ३४ हजार २३३ रुपैयाँ, टोखाले ७ करोड १२ लाख ४५ हजार ७६५ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार ३९१ रुपैयाँ, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार १८४ रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ ।

विभागमा अनुसार मङ्सिरमा सेवा कर २६ करोड ६ लाख २५ हजार छ सय ९०, रजिष्टे«शन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० बराबर संकलन गरेको छ । त्यस्तै, १ अर्ब ३१ कोड ६३ लाख ४३ हजार ७१४ रुपैयाँ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ ।

 

सम्बन्धित समाचार