0
Shares
काठमाडौँ । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध हुने भएका छन्। हाल संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका कोइराला संघको अध्यक्ष बन्ने पक्का भएको हो ।
संघको अध्यक्षमा सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी दिएका थिए। अध्यक्षमा दुईजनाको उम्मेदवारी परेपछि चुनाव हुने अवस्था हुन नदिन संघका पूर्व अध्यक्षहरुले सहमतिको प्रयास गरेका थिए।
संघका पूर्वअध्यक्ष अशोक राणा र ज्ञानेन्द्र ढुंगाना, हालका अध्यक्ष सुनिल केसी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबीच यस बारे छलफल भएको थियो । छलफलपछि शेरचनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । यस संगै संघमा अध्यक्षमा चुनाव नहुने भएको हो।
संघको ३८औं साधारण सभा पुस ३ गते बोलाइएको छ । सोहि साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ।