0
Shares
काठमाडौं । बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा सात जना यात्रुको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।
घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको छ ।