0
Shares
काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य फेरि बढाएको छ । संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार बनाएर भोलिदेखि लागु हुने गरी अण्डाको नयाँ मूल्य बढाएको हो ।
शुक्रबारबाट मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ प्रतिक्रेट पर्ने छ । ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो ।
यसअघि २२ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४५५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ कायम गरेको थियो ।
संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित मूल्य समायोजन गर्ने गरेको छ ।