जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

0 Shares

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका ५ कालीमाटीबाट वडा नम्बर ३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ग ३ च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका ३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाका अनुसार घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार