अदालतले रवि लामिछानेको पक्षमा प्रहरीलाई दियो यस्तो आदेश

0 Shares

काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्य जाँच गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

उच्च रक्तचापको समस्या रहेको जनाउँदै जिल्ला अदालत कास्कीले लामिछानेको स्वास्थोपचार गर्न प्रहरीलाई आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेले लामिछानेको स्वास्थ्य जाँच गरी थप चार दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।

‘प्रतिवादीहरु रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराइ उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेश गर्नु र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरुको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नु, नगराउनु,’ आदेशमा भनिएको छ ।

लामिछानेसहित अन्य तीन जनामाथि सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको सम्बन्धी कसुरमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको आदेश दिन मागेको थियो ।

सम्बन्धित समाचार