बेनी-पुलाचौर सडक कालोपत्र सम्पन्न

0 Shares

काठमाडौँ । बेनी-पुलाचौर पाँच किलोमिटर सडक ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी अर्थुङ्गे-बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा ३३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ ।

एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाक चोकदेखि संगमचोकसम्मको १३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ ।

बेनी-पाखापानी सडक योजनामा विनियोजन भएको तीन करोड बजेटमध्ये एक करोड ५० लाखको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताए ।

सम्बन्धित समाचार