धनगढीका मेयर हमाललाई मस्तिष्क घात, दिल्ली रेफर गरियो

0 Shares

काठमाडौँ । धनगढी उपमहानगरका मेयर गोपाल हमाललाई मस्तिष्क घात भएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्या देखिएपछि उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।

धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभएपछि शनिबार दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघातको समस्या देखिएको जानकारी दिए ।

रोगको उपचार सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको हो । यद्यपि, उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार