इतिहासकार राणाको निधन

0 Shares

काठमाडौं । नेपालका इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।

बुहारी भगवती राणका अनुसार काठमाडौंको मेडिसिटी अस्पतालमा राणाको निधन भएको हो । आज १२ बजेर १३ मिनेटमा डाक्टरले मृत घोषणा गरेको परिवारका सदस्यले बताएका छन् । प्रेसर लो भएर अस्पताल भर्ना भएको उनको निधन भएको बताइएको छ । यहि चैतमा राणा सय वर्ष पुग्दै थिए ।

राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् । त्यसका केही उदाहणहरुमा श्री ३ हरुको तथय वृत्तान्त, कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु आदि पर्छन् ।

सम्बन्धित समाचार