पत्रकार महासंघको कार्यतालिका सार्वजनिक

0 Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी मंसिर २८ गते निर्वाचन गर्ने गरी सार्वजनिक गरेको छ । पत्रकार महासंघ निर्वाचन समितिले मंगलबार कार्यतालिका सार्वजनिक गर्दै मंसिर २१ गते केन्द्रको उम्मेदवारी दर्ता गर्ने जनाएको छ ।

पत्रकार महासंघको निर्वाचन पटक पटक सर्दै आएको थियो । महासंघ कार्यवहाक अध्यक्ष बाला अधिकारीको नेतृत्वले निर्वाचन प्रक्रिया अघि बढाएको हो । प्रदेश र जिल्लाको उम्मेदवारी केन्द्रको उम्मेदवारी दर्ता भएपछि मात्रै गर्ने तयारी गरिएको छ । महासंघले तीनै तहको निर्वाचन एकै पटक मंसिर २८ गते गर्ने भएको छ ।

 

सम्बन्धित समाचार