0
Shares
काठमाडौँ । सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सोमबार पनि बयान लिने भएको छ । आइतबार बयान नसकिएपछि भोलि लिइने भएको हो ।
सरकारी वकिलको कार्यालय काठमाडौँमा शुक्रबार सुरु भएको बयानलाई आइतबार पनि निरन्तरता दिइएको हो । काठमाडौँ कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा लामिछानेसँग बयान लिइएको सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ ।
बयानका लागि लामिछानेलाई पोखराबाट बिहीबार काठमाडौँ ल्याइएको थियो । सभापति लामिछानेको बयान सकिएपछि पुनः पोखरा पठाउने भएको छ ।