ढोकामा यात्रु झुण्ड्याएको बस अर्को गाडीमा ठोक्किँदा खसेर २ जनाको मृत्यु

0 Shares

काठमाडौँ । काठमाडौँको तारकेश्वरस्थित शेषमतिमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ ।

सीट क्षमताभन्दा बढी यात्रु बोकेको तारकेश्वर यातायातको बा ४ ख ७१११ नम्बरको बसबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । एकजना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । शनिबार विहान लामबगरबाट बालाजुतर्फ गइरहेको उक्त बसबाट शेषमति पुग्दा तीन यात्रु बाटोमा झरेका थिए ।

उक्त बस बाटोमा रोकिएको बा ३ क १६६६ सँग ठोक्किदा दुर्घटना भएको ट्राफिक कार्यालय बालाजुले जनाएको छ ।

सम्बन्धित समाचार