0
Shares
काठमाडौं । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन् । यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी बिनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फ्याँक्न सफल भइन् ।
‘सर्वोच्च अदालत’ लेखिएको बोर्ड पूर्णरूपमा विरूप बनेको छ ।
लगत्तै प्रहरीले यादवलाई नियन्त्रणमा लिएर सिहंदरबार वृत्तमा राखिएको छ ।