प्रधानमन्त्री ओली र एलन मस्कबीच कुराकानी, स्टारलिंकको इन्टरनेट सञ्चालनबारे छलफल

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी प्रविधि व्यवसायी इलन मस्कबीच भर्चुअल संवाद भएको छ । एलनसँग कुराकानी गरिरहेको प्रधानमन्त्री ओलीले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

मस्कले आफ्नो इन्टरनेट सेवाप्रदायक कम्पनी स्टारलिंकको सेवा नेपालमा बिस्तार गर्न खोजेको विषयमा प्रधानमन्त्रीसँग कुराकानी गरेको बताइएको छ ।

संवादका क्रममा स्टारलिंका प्रतिनिधिले प्रस्तुति दिएका थिए । नेपालका प्रधानमन्त्रीसँग एलनले सीधा संवाद गरेको यही प्रथम हो । स्याटेलाइट इन्टर्नेट सेवा प्रदायक एलन मस्कको कम्पनी स्टार लिङ्कले विश्वका अन्य धेरै देशलाई सेवा दिइरहेको छ ।

तर, अरु इन्टरनेट सेवा प्रदायकलाई तनाव हुने भएकोले र आम्दानी तथा रोजगार कम हुने भन्दै नेपालमा स्टार लिङ्क ल्याउनु हुन्न भन्ने जमात नि ठूलो छ ।

सम्बन्धित समाचार