दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

0 Shares

काठमाडौँ । कर्णाली राजमार्गको दैलेख सडक खण्ड, आठविस नगरपालिका ३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जुम्लाबाट टीकापुर गइरहेको ना ४ ख ६०५६ नम्बरको बस दुर्घटना भएको हो ।

राजमार्गमै बस पल्टिएका कारण सडक अवरुद्ध हुँदा आवागमन रोकिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महताराले जानकारी दिए । घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ । बसमा ३२ जना सवार थिए ।

सम्बन्धित समाचार