रास्वपाले सहकारी पीडितसँगै आन्दोलन गर्ने, रवि लामिछानेको रिहाईको माग के हुन्छ ?

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति लामिछानेको रिहाई गर्न माग गर्दै आएको आन्दोलन सहकारी पीडित केन्द्रीत हुने भएको छ ।

सहकारी पीडितहरूले भोलि (मंसिर ५ गते)देखि गर्ने आन्दोलनमा रास्वपाले साथ दिने भएको हो । कार्यवाहक महामन्त्री मनिष झाले जारी गरेको विज्ञप्तिमा सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउने उल्लेख गरेको हो ।

‘राजनीतिक प्रतिशोधको अभ्यास गर्दै कसैलाई हिरासतमा राख्दैमा यो समस्या समाधान हुँदैन, न त पीडितहरूले आफ्नो बचत फिर्ता पाउने छन्, तसर्थ यसको निराकरणतर्फ काम गर्न सरकार तथा सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरुले बचत रकम फिर्ताको माग आन्दोलन हुने भएको छ ।

सम्बन्धित समाचार