सरकारको लापरभाई, विद्यार्थी स्कुल र कर्मचारी कार्यालय पुगेर फर्किए

0 Shares

काठमाडौँ । सरकारले कार्यालय खुल्ने समयमा नै सरकारी विदाको निर्णय गर्दा कर्मचारी देखि विद्यार्थीहरुले समेत दुःख पाएका छन्।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारको सार्वजनिक विदा दिने निर्णय १० बज्नै लाग्दा मात्रै सार्वजनिक भयो। जतिबेला कतिपय कर्मचारीहरु कार्यालय पुगिसकेका थिए भने केहि बाटोमा नै थिए।

कार्यालय जान हिडेका कतिपय कर्मचारीहरु बीच बाटोबाटै फर्किनु पर्यो। सोमबार अधिकाँश सरकारी कार्यालयका कर्मचारी समेत कार्यालय पुगेर घर फर्किएका छन्। धेरै कर्मचारीले कार्यालय पुगिसकेपछि मात्रै विदाको सूचना पाएका थिए।

सरकारले कार्यालय खुल्ने समयमा नै विदाको घोषणा गर्दा कर्मचारीदेखि विद्यार्थीसम्मले दुःख पाएका छन्। उनीहरु कार्यालय पुगिसकेपछि घर फर्कनु परेको छ। विद्यार्थीहरु समेत विद्यालय पुगेर फर्कनु परेको छ।

पूर्वसभामुख ढुंगानाको निधन आइतबार दिउँसो नै भएको थियो। सरकारले समयमा नै निर्णय लिन नसक्दा जनताले दुःख पाएका हुन् ।

सम्बन्धित समाचार