0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (सोमबार) विहान बस्दै छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव गणेश शाहले बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि बस्ने शाहले जानकारी दिए ।
यसअघि बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो । जसअनुसार थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।